Section 6
सञ्चालक परिषद्को गठन :

(१) परिषद्को सर्वोच्च निकायको रूपमा काम गर्न देहायका सदस्यहरू भएको सञ्चालक परिषद् गठन हुनेछ :
(क) नेपाल सरकारले तोकेको व्यक्ति – अध्यक्ष
(ख) … … …
(ग) अध्यक्ष, गुठी संस्थान – सदस्य
(घ)   सहसचिव, वन तथा वातावरण मन्त्रालय     -सदस्य
(ङ) महानिर्देशक, पुरातत्व विभाग – सदस्य
(च) महानिर्देशक, पर्यटन विभाग – सदस्य
(छ) महानिर्देशक, आवास तथा शहरी विकास विभाग – सदस्य
(ज) महानिर्देशक, भवन विभाग – सदस्य
(झ) ……………………
(ञ) धनुषा र महोत्तरी जिल्लाभित्रका नगरपालिकाका प्रमुखहरू – सदस्य
(ट) धनुषा र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू – सदस्य
(ठ) राष्ट्रिय स्तरका ख्यातिप्राप्त विद्वान तथा समाजसेवीहरूमध्येबाट नेपाल सरकारले मनोनीत गरेको दुई जना – सदस्य
(ड) धनुषा र महोत्तरी जिल्लाका ख्यातीप्राप्त प्रतिष्ठित समाजसेवीहरू मध्ये दुईजना पर्ने गरी परिषद्बाट मनोनीत चारजना – सदस्य
(ढ) बृहत्तर जनकपुर क्षेत्रभित्रका सन्त, महन्थ तथा पुजारीहरूमध्येबाट परिषद्बाट मनोनीत चारजना – सदस्य
(ण) माध्यमिकी (पञ्चकोशी) परिक्रमा मार्गमा पर्ने गाउँ विकास समितिका अध्यक्षहरूमध्येबाट एकपटकमा चारजनासम्म प्रतिनिधित्व हुने गरी आलोपालो गरी परिषद्बाट मनोनीत उक्त गाउँपालिका अध्यक्षहरू – सदस्य
(त) कार्यकारी निर्देशक – सदस्य–सचिव
(२) अध्यक्षको पदावधि चार वर्षको र मनोनीत सदस्यहरूको पदावधि दुई वर्षको हुनेछ ।
(३) पदावधि समाप्त नहुँदै कुनै सदस्यको पद रिक्त हुन आएमा बाँकी पदावधिको लागि सो पद जुन प्रक्रियाबाट पूर्ति गरिएको हो सोही प्रक्रियाबाट पूर्ति गरिनेछ ।
(४) सञ्चालक परिषद्ले आवश्यक देखेमा कुनै विशेषज्ञलाई सञ्चालक परिषद्को बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।